Tuesday, February 4, 2014

हरिपुरमा नयाँ ‘इन्स्पेक्टर’ आए

हरिपुरमा नयाँ ‘इन्स्पेक्टर’ आए
सर्लाही समाचारदाता
हरिपुर, माघ २१ । इलाका प्रहरी कार्यालय हरिपुरमा नयाँ प्रमुखको रुपमा प्रहरी निरीक्षक शम्भु पोखरेल आएका छन् ।
मंगलबारबाट पोखरेलले कार्यभार सम्हालेका छन् । सोमबार साँझ आएका उनी मंगलबार जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराई लगायतलाई भेट्न मलंगवा गएका थिए ।
गत माघ १० गते प्रहरी प्रधान कार्यालयले गरेको सरुवा अनुसार शम्भु पोखरेल प्रहरी प्रधान कार्यालय आपूर्ति महाशाखाबाट इलाका प्रहरी कार्यालय हरिपुर आएका हुन् । हरिपुरका तत्कालिन प्रमुख प्रहरी निरीक्षक गोपालप्रसाद पोखरेलको भने महानगरिय सशस्त्र प्रहरी गण नं. २ अन्तर्गत गुल्म नं. ४ मा सरुवा भएको छ ।
जिम्मेवारी अनुसार भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्वाही स्वरुप उनलाई गण अन्तर्गत पनि गुल्ममा सरुवा गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो ।

No comments:

Post a Comment