Tuesday, February 4, 2014

मानव धर्म प्रवचन

मानव धर्म प्रवचन
सर्लाही समाचारदाता
सुखेपोखरी, माघ २१ ।  हरिवन ७ मा रहेको चर्तुभुजेश्वर शिव मन्दिरमा मंगलवार एक दिने धार्मीक प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल मानव धर्म सेवा समिति जनकपुरको आयोजनामा भएको प्रवचनमा सरयु बाईजी र सम्झना बाईजीले प्रवचन दिएका थिए ।
त्यसैगरी श्रीपञ्चमीको अवसरमा मन्दिर परिसरमा रहेको वर पिपलको विवाह समेत गरिएको  शिव मन्दिर उप समितिका संंयोजक बुककुमारी थापाले जानकारी दिइन् ।

No comments:

Post a Comment