सर्लाही समाचारदाता
मलंगवा, चैत १७ । प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेलाई सोमबार मात्र विभिन्न संघ संगठनले तीनवटा छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् ।
सद्भावना पार्टी, एकिकृत (माओवादी) सम्बद्ध किसान संगठन र सदरमुकाम मलंगवा स्थित जनसागर बजारमा पसल गरिरहेका व्यापारीहरुले छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका हुन् । सद्भावनाले आÇना राष्ट्रिय उपाध्यक्ष एवं सभासद् संजय साहलाई सुनियोजित ढंगले फसाउन खोजिएको र साह निर्दोष रहेको दावी गर्दै प्रजिअ घिमिरे मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापत्र पत्र पठाएर ध्यानाकर्षण गराएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार सद्भावना अध्यक्ष प्रमोद साह नेतृत्वको टोलीले सभासद् साहलाई जनकपुर स्थित रामानन्द चोकमा भएको बम विष्फोट घटनामा सुनियोजित ढंगले खडा गरिएका व्यक्तिको बयानका आधारमा फसाउन खोजिएको भन्दै ध्यानाकर्षण सहितको ज्ञापन पत्र दिएको हो ।
त्यस्तै एकिकृत (माओवादी) सम्बद्ध किसान संगठनले कृषि क्षेत्रको विकासका लागि उचित ध्यान दिन माग गर्दै प्रजिअ घिमिरेमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाएको छ । एमाओवादी इन्चार्ज अच्युतम काÇले समेतको उपस्थिती रहेको टोलीले उखु मुल्य निर्धारण लगायत कृषि क्षेत्रमा उचित ध्यान दिन समेत आग्रह सहितको ज्ञापन पत्र बुझाएको हो ।
त्यस्तै मलंगवा नगरपालिका कार्यालयले जनसागर बजार स्थित व्यापारीहरको टहरा केही दिनअघि खाली गराएर उक्त स्थानमा पक्की भवन निर्माण सुरु गरेपछि सोही विषयमा सम्बन्धित व्यापारीहरुले प्रजिअ घिमिरे समक्ष ज्ञापन पत्र बुझाएका छन् । पक्की भवन निर्माण सम्पन्न भएपछि आफूहरुलाइ नै व्यापारका लागि कोठा उपलब्ध गराउन माग गर्दै व्यापारीहरुले ज्ञापन पत्र बुझाएको प्रजिअ घिमिरेले बताए ।
No comments:
Post a Comment