Thursday, January 23, 2014

जनज्योतिको प्राज्ञिक सभा

जनज्योतिको प्राज्ञिक सभा
सर्लाही समाचारदाता
लालबन्दी, माघ ०९ । जनज्योती बहुमुखी क्याम्पस लालबन्दीको १५ आँै प्राज्ञिक सभा विहिवार सम्पन्न भएको छ ।
सभाको उदघाटनगर्दै प्रमुख अतिथी स्थानिय विकास अधिकारी उमेश बस्नेतले क्याम्पसलाई गुणस्तरिय शिक्षामा जोड दिनु पर्ने उल्लेखगर्दै संख्यात्मक भन्दा पनि गुणात्मक शिक्षामा जोड दिनुपर्ने बताए ।
सभामा आर्थिक वर्ष ०६९÷०७० मा क्याम्पसकोे ३ करोड ३६ लाख ३२ हजार नौँ सय ८७ रुपैँया ५७ पैँसा बरावरको आय व्यय विवरण तथा ०७०÷०७१ को लागी ३ करोड  ७८ लाख ५९ हजार १ सय १९ रुपैँया ९९ सय पैँसाको वार्षिक वजेट विनियोजन गरेको थियो ।
जेष्ठ नागरिक ठेटराज आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा क्यामपस व्यवस्थापन समितीका अध्यक्ष कुवेर आचार्य, सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment