Thursday, January 23, 2014

रेडबुलमा लालबन्दी र फुलजोर विजयी

रेडबुलमा लालबन्दी र फुलजोर विजयी
सर्लाही समाचारदाता
इश्वरपुर, माघ ०९ । ईश्वरपुर २ वयलवासमा रहेको नारायण उमावीको खेल मैदानमा भैरहेको रेडवुल जिल्ला स्तरिय लिग फुटवल प्रतियोगितामा विहिवार दुई खेल सम्पन्न भएको छ  ।
प्रतियोगिताको पहिलो खेलमा नव जागरण क्लव सागरनाथलाई १ का विरुद्ध ७ गोल गरेर लालबन्दी स्पोट्र्स क्लव बिजयी भएको छ ।
त्यसैगरी विहिवारनै भएको दोस्रो खेलमा महाकाली युवा क्लव रानिगन्जलाई शुन्यका बिरुद्ध ३ गोल गरेर फुलजोर युवा क्लव बयलवास बिजयी भएको छ ।
जिल्ला फुटवल संघ र फुलजोर युवा क्लवको आयोजना तथा रेडवुलको प्रायोजनामा प्रतियोगिता भैरहेको  प्रतियोगितको फाईनल खेल भने माघ १२ गते हुने खेल प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।
प्रतियोगितामा शुक्रवारबाट सेमिफाईनलको खेल हुने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment