महिला अधिकार मंचको भेला
सर्लाही समाचारदाता
मलंगवा, माघ ०७ । महिला अधिकार मंच सर्लाहीको मंगलबार जिल्ला भेला सम्पन्न भएको छ ।
भेलाको स्थानीय विकास अधिकारी उमेश बस्नेतले मैनबत्ति बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशनाथ अधिकारी, महिला नेतृहरु शुभद्रादेवी, विनिता दाहाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा वक्ताहरुले महिला अधिकारको विषयमा मन्तव्य राखेका थिए । मलंगवा स्थित जिविस सभाहलमा अपरान्ह भएको कार्यक्रममा जिल्लाभरबाट दुईदर्जनभन्दा बढी महिला नेतृहरुको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment