Tuesday, February 11, 2014

माओवादीको संगठन विस्तार

माओवादीको संगठन विस्तार
सर्लाही समाचारदाता
शंकरपुर, माघ २८ । मोहन बैद्य नेतृत्वकोे नेकपा–माआवादीले जिल्लाका विभिन्न गाविसहरुमा गाउँ भेला गरी गाउँ कमिटी गठन गर्ने क्रमलाई तीव्र पारेको छ ।
पार्टीको संगठन विस्तारको अभियान अन्तर्गत मंगलवार शंकरपुरमा गाउँ भेला गरी पार्टीले गाउँ कमिटीको नेतृत्व चयन गरेको हो । भेलाले पूनः लोकबहादुर कार्की नेतृत्वको ३१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कमिटीको सह–ईन्चार्जमा रामबहादुर खत्री, सेक्रेटरीमा अशोक यादव लगायत अन्य सदस्य रहेका छन् ।
पार्टीको जिल्ला हेडक्वाटर सदस्य कुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा  मिथिला राज्य समिति सल्लाहकार सदस्य रीता मैनाली, क्षेत्र नम्वर ३ का सेक्रटरी प्रेम कार्की लगायत अतिथी रहेका क्षेत्र नम्वर २ का सेक्रेटरी ज्ञान बहादुर स्याङ्तानले जानकारी दिए ।

No comments:

Post a Comment