पशुपालन व्यवसाय संकटमा
–जनार्जन खत्री÷सर्लाही दैनिक
लालबन्दी, माघ २८ । चरिचरणको अभाव भएपछि जिल्लामा पशुपालन व्यवसाय संकटमा पर्दै गएको छ । वन क्षेत्र र खोलाहरुमा चरिचरण निषेध गरे सँगै पशुपालन गर्ने किसानहरुलाई पछिल्लो समय पशु चौपाय चराउन निकै समस्या भएको हो ।
चरिचरणको अभाव भएपछि केहि वर्ष यता पशुपालन गर्ने किसानहरुका सङ्ख्या घट्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । चरणको अभावमा पशुपालन गर्न समस्या भएको भन्दै किसानहरुले पशु चौपाय बेचेर अन्य पेशा गर्ने क्रम बढ्दै गएको छ ।
आफुले लामो समय देखि बाख्रापालन गर्दै आएको भएपनि चरणका लागी वन क्षेत्रमा निषेध गरेपछि यो पेशा गर्न निकै समस्या भएको पत्थरकोटका शंकर लामाले गुनासो गरे । चरिचरण खुल्ला गरिएका वनमा समेत फडानीले गर्दा सबै डालेघाँसका बोटहरु काटेकाले बाख्रा पालन गर्न समस्या उनको भनाई छ ।
जिल्लाको उत्तरी क्षेत्रमा व्यावासायिक रुपमा गरिँदै पशुपालन व्यवसाय संकटमा परेकोले किसानहरुको गुजाराको स्रोत नै गुमेको बताइएको
No comments:
Post a Comment