सुर्तिजन्य बजार नियन्त्रणमा अन्तक्रिया
सर्लाही समाचारदाता
हरकठवा, माघ १८ । सुर्तिजन्य बजार नियन्त्रणकालवगि आवश्यक चेतनाकासाथ शनिवार हरकठवामा अन्तक्रिया कार्यक्रम गरिएको छ ।
अन्तक्रियामा सहभागीहरुले सार्वजनिक स्थलमा धुम्रपान नगर्ने, १८ वर्ष मुनिका बालबालिका र सुत्केरी महिलाहरुलाई सुर्तिजन्य पदार्थहरु बिक्री वितरण गर्न नपाउने , सुर्तिजन्य पदार्थका बट्टाहरुमा धुम्रपान स्वास्थ्यका लागी हानिकारक छ भन्ने शब्द उल्लेख गर्नुपर्ने, सवारी साधनमा धुम्रपान गर्न नहुने लगायत कुरमा जोड दिइएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा भएको अन्तक्रियामा स्थानीय दलित, महिला, लगायतको सहभागिता रहेको थियो । हरकठवा इलाका स्वास्थ्य चौकीका ईन्चार्ज देव शंकर मिश्रको अध्यक्षतामा भएको अन्तक्रियमा ईलाका प्रहरी कार्यालय हरकठवाका प्रहरी नायव निरीक्षक पनालाल कलवार, जनस्वास्थ्य अधिकृत प्रभाकर झा लगायत अतिथी रहेका थिए ।
No comments:
Post a Comment