व्यापारीद्वारा नवलपुर सरसफाई
सर्लाही समाचारदाता
नवलपुर, माघ १८ । नेत्रगंजको नवलपुर बजार शनिवार स्थानिय व्यापारीहरुको सक्रियतामा सरसफाई गरिएको छ ।
बजार सरसफाई गर्ने जिम्मा पाएको गाविस कार्यालयले कुनै वास्ता नगरेपछि आफुहरुले बाध्य भएर सरसफाई गरेको व्यापारीहरुको भनाई छ । गाविस कार्यालयले बजार सरसफाई गर्न कुनै चासो नदिएपछि ६० जना स्थानिय व्यापारीहरु मिलेर बजार सरसफाई गरिएको व्यापारी अशोक कुमार सिंहले बताए ।
‘स्वास्थ्य नै जिवन हो’ भन्ने उदेश्यका साथ प्रत्येक पसलबाट एक–एक जना व्यापारीहरु सहभागी भएर सरसफाई गरिएको र आगामी दिन देखी प्रत्येक महिनाको तेस्रो शनिवार बजार सरसफाई गर्ने निर्णय समेत भएको जनाइएको छ ।
यसैगरीे ढुंगे्रखोला वडा नम्वर ४ का स्थानीयले शनिवार गाउँको बाटो र उपस्वास्थ्य चौकीको सरसफाई गरेका छन् । स्थानीय उन्नती परिवार समुहको सक्रियतामा गाउँको स्वास्थ्य चौकी देखी जनता माध्यमिक विद्यालय सम्मका फोहोरहरु हटाईएको समुहका अध्यक्ष कल्पना केसीले जानकारी दिइन् ।
No comments:
Post a Comment