Monday, February 3, 2014

औरहीमा शिव मन्दिरको सफाई

औरहीमा शिव मन्दिरको सफाई
सर्लाही समाचारदाता
औरही, माघ २० । औरही–१ स्थित पोखरीको किनारामा रहेको शिव मन्दिरको सोमबार सरसफाई गरिएको छ ।
स्थानीय युवाहरु र मानव विकास केन्द्र औरहीको आयोजनामा सरसफाई गरिएको हो । श्री पञ्चमीको अवसरमा मन्दिरको सरसफाई गरिएको केन्द्रका अध्यक्ष राम प्रताप शाहले जानकारी दिए । मन्दिरको सरसफाई गर्न कसैले चासो नदेखाएपछि आफुहरुले सरसफाई गरेको युवाहरुको भनाई छ । मानव विकास केन्द्र औरहीले पटक–पटक गाउँको सार्वजनिक स्थलहरुको सरसफाई गर्दै आएको छ ।

No comments:

Post a Comment