सर्लाहीमा पनि दुईतिर
सर्लाही समाचारदाता
हरिवन, माघ २० । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीको भिडन्त हुने लगभग निश्चित प्राय बनेको छ ।
सोमबार राती अबेरसम्म पनि सहमति बन्न नसकेकाले एमालेको संसदीय दलको नेता चयनमा मंगलबार निर्वाचन हुने करिब–करिब पक्का भएको एमाले नेताहरुले बताएका छन् । संसदीय दलको नेतामा दुईधार देखिएपछि सर्लाही पनि त्यसको विभाजन देखिएको पार्टी नेताहरुले बताए ।
सर्लाहीबाट एमालेका ४ जना सभासद् छन् । एमालेको तर्फबाट क्षेत्र नं. ३ मा निर्वाचित हरि उप्रेती तथा समानुपातिकमा चयन भएका वैकल्पिक केन्द्रीय सदस्य कमलादेवी महतो, रञ्जना सरकार र दुलारी देवी हुन् । प्रत्यक्ष निर्वाचित उप्रेती र समानुपातिककी कमलादेवी महतो ओली पक्षमा र रञ्जना सरकार तथा दुलारी देवी अध्यक्ष झलनाथ खनाल पक्षमा रहेको अनलाइनखबरले प्रकाशित गरेको सूचीमा दावी गरिएको छ ।
No comments:
Post a Comment