उद्योगीको विद्युत काटियो
सर्लाही समाचारदाता
इश्वरपुर, माघ २२ । नेपाल विद्युत प्राधिकरणले बरहथवा फिडर अन्तर्गतका १५ उद्योगीहरुको बुधवार विद्युत लाईन काटेको छ ।
लगातार एकवर्ष देखि विद्युत महशुल नबुझाउने उद्योगीहरुको लाईन काटिएको प्रशाखा लालबन्दीका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए । २० हजार रुपैयाँभन्दा बढी विद्युत महशुल नबुझाउने उद्योगीहरुको लाईन काटिएको श्रेष्ठले बताए ।
प्राधिकरणका कर्मचारीहरु उद्योगमा नै पुगेर ११, १५, १६ र १७ रुटका उद्योगहरुको लाईन काटेका हुन् । विद्युत लाइन कट्टा गरिएका उद्योगीहरुबाट २० लाख रुपैयाँभन्दा बढि विद्युत महशुल उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
बरहथवा फिडर अन्तर्गतका हरिपुर, हरैया, पिडारी, पिपरिया, फरहथवा लगायत क्षेत्रको लाईन काटिएको हो । विद्युत बक्यौता नबुझाउने उद्योगीहरुको एक महिना सम्मको अवधीमा अभियान सञ्चालन गरेर लाईन काटिने प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment