Thursday, February 6, 2014

मूल्य नपाउँदा किसान चिन्तित

मूल्य नपाउँदा किसान चिन्तित
–राकेशप्रसाद गुप्ता÷सर्लाही दैनिक
इश्वरपुर, माघ २२ ।  तरकारीले उचित मुल्य र बजार नपाएपछि दक्षिणी क्षेत्रका किसानहरु चिन्तित भएका छन ।
बेला, बबरगंज, किसनपुर, मोहनपुर, पोखरिया लगायतका किसानहरुले तरकारी उत्पादन गरी १५ देखी २० किलोमिटर टाढा बयलबास तथा लालबन्दी बजारसम्म ल्याउदा समेत उचित मूल्य नपाएको गुनासो गरेका छन् ।
आफुहरुले २ क्वीन्टलसम्म तरकारीको भारी बाकेर ल्याएपनि आफ्नो श्रम अनुसार उचित मुल्य नपाएको बेला–७ का किसान रंजित महतोले गुनासो गरे । उनि भन्छन् ‘तरकारी उत्पादन र बजारसम्म ल्याउदाको खर्च समेत निस्कन मुस्किल पर्दछ ।’
मुलुकको मुख्य शहरहरुमा तरकारी निर्यात गर्ने लालबन्दी बजारमा उत्तरी तथा दक्षिणी क्षेत्रका हजारौ किसानले साइकलमा तरकारी ल्याउने कार्य बढदै गएको छ । बजारमा गोलभेडा, भान्टा, काउली, बन्दा काउली, सिमी, मटरकोसा, प्याज लगायतका  हरियो  तरकारी ल्याउने टाढाका किसानले उचित मुल्य नपाउदा तरकारी खेति नै छाडनु पर्ने बाध्यता भएको महतोले दूःखेसो पोखे ।
हरेक दिन बिहान तरकारी उत्पादन किसानको घुइचो लाग्ने लालबन्दी बजारमा तीनसयभन्दा बढि किसानहरु दक्षिणी क्षेत्रबाट आउने गरेका छनभने अन्य किसानहरु आफुले  उत्पादन गरेको तरकारी स्थानिय बजारमा नै बिक्रि गर्न बाध्य भएका छन ।
बबरगंज गाविसमा पर्ने प्रतीबजारको उचित व्यवस्थापन हुन नसक्दा बजारको रुपमा स्थानिय किसानले आफ्ना उत्पादन टाढाको बजारमा ल्याउनुपर्ने अवस्था आएको बबरगंज–७ का किसान रामइश्वर महतोले बताए । स्थानिय राजनैतिक दलका नेता तथा सम्बन्धित निकायको ध्यानाकर्षण नभएपछि  १० वर्ष पहिला बाट शुरु भएको बबरगंजको बजार विस्तार हुन नसकेको स्थानियको कथन छ ।

No comments:

Post a Comment