‘उद्योगी व्यापारीको हितमा सकृय हुन्छु’
सर्लाही समाचारदाता
नवलपुर, माघ २७ । नवलपुर व्यापार कल्याणकारी समितिका नव निर्वाचित अध्यक्ष शुशिल चालिसेले स्थानीय उद्योगी व्यापारीहरुको हितमा काम गर्ने बताएका छन् ।
‘‘स्थानीय उद्योगी व्यापारीहरुले नेतृत्वको जिम्मेवारी दिएकाले सोही अनुसार भूमिका निर्वाहमा दत्तचित हनेछु ।’’ सर्लाही दैनिकसँग उनले भने–‘‘आगामी दिनमा स्थानीय उद्योगी व्यापारीहरुको समस्या उजागर गर्दै समाधानमा पहल थाल्नेछु ।’’
समितिको आइतबार सम्पन्न भेलाले चालिसेको अध्यक्षतामा १७ सदस्यीय नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा हरिबहादुर थापा, सचिव मनोजनारायण चौधरी, सहसचिव मोहम्मद सकिल साह, कोषाध्यक्ष रविन्द्रप्रसाद चौधरी रहेका छन् । त्यस्तै सदस्यहरुमा भरत दास, राजकिशोर चौधरी, मदन सहनी, मनोज अधिकारी, विनोद मण्डल, मनोजकुमार सिंह, उमाशंकर महतो, मनोजकुमार दास, पप्पु साह, रामपरिक्षण यादव, ललिताकुमारी खड्का, रजनी घिमिरे रहेका छन् ।केही दिनअघि समितिको भेलामा विवाद भएपछि विवाद समाधान सहित सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न ११ सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो । सोही निर्वाचन मण्डलले चालिसेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्ने निर्णय सर्वसम्मत रुपमा पास भएको हो ।
No comments:
Post a Comment