एबुलेन्समा आगो
सर्लाही समाचारदाता
मलंगवा, माघ २७ । मलंगवामा रहेको दसहारा लोन सेविग्स एण्ड को.आ.सो.लि.द्धारा संचालित एबुलेन्समा सोमवार राती आगालागी भएको छ ।
संस्थाको कप्पाउन्डमा पार्किङ गरेर राखिएको ना. २ च २४६० नम्वरको एबुलेन्समा राती ११ बजे एक्कासी आागलागी भएको हो । आगालागीबाट एबुलेन्सको अगाडिको भाग र सम्पुर्ण सिटहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले जानकारी दिए ।
एबुलेन्समा आगलागी भएको खबर पाउनासाथ कार्यालयबाट गएको प्रहरी, नगरपालीकाको बारुणयन्त्र र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो । आगालागीको कारण खुल्न नसकेपनि एबुलेन्स भित्रै विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले आशंका छ ।
No comments:
Post a Comment