टेलिकमको प्रभातफेरी
सर्लाही समाचारदाता
मलंगवा, माघ २२ । नेपाल टेलिकमको १०औं वार्षिकोत्सवका अवसरमा टेलिकम मलंगवा कार्यालयले बुधबार प्रभातफेरी गरेको छ ।
सदरमुकाम मलंगवामा टेलिकमका विभिन्न छुट घोषणाको सन्देश एवं नारा सहित प्लेकार्ड प्रदर्शन गर्दै प्रभातफेरी गरिएको टेलिकम मलंगवाका प्रमुख इन्जिनियर रामजतन ठाकुरले बताए । ‘घर–घरमा इन्टरनेट, हात–हातमा मोबाइल’ भन्ने मूलनाराका साथ प्रभातफेरीमा विभिन्न प्लेकार्ड प्रदर्शन गरिएको ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार १०आंै वार्षिकोत्सवका अवसरमा टेलिकमले आÇनो सेवामा विभिन्नखाले छुट दिएको र सयरुपैया व्यालेन्सको प्रिपेड सिमकार्ड सयरुपैयामा नै दिईने घोषणा भएको छ । त्यस्तै इन्टरनेट सेवा, रात्रीकल, एसएमएस लगायत सेवामा पनि भारी छुट गरिएको टेलिकमले जनाएको छ ।
No comments:
Post a Comment