Thursday, February 6, 2014

बलात्कार आरोपमा युवक पक्राउ

बलात्कार आरोपमा युवक पक्राउ
सर्लाही समाचारदाता
नारायणखोला, माघ २२ । एकयुवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा नारायणखोला गाविसका एक युवक पक्राउ परेका छन् ।
दुईदिन अघि आफूलाई जबर्जस्ती करणी गरेको पीडित युवतीले बताएपछि नारायणखोला गाविस–७ बस्ने मञ्जित ब्लोनका छोरा २३ वर्षिय लुगु ब्लोनलाई अनुसन्धानका क्रममा बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो । पथ्थरकोट निवासी युवती कामको सिलसिलामा नारायणखोला गाविस स्थित माईस्थान पुगेपछि गत सोमबार ती युवकले कब्जामा लिएर जबर्जस्ती करणी गरेको आरोप लगाईएको छ । मंगलबार विहान युवतीका दाजु तथा दिदीहरु खोज्दै जाँदा युवककै घरमा युवतीलाई फेला पारेको र युवतीले पनि जबर्जस्ती करणी भएको बताएकी थिईन् ।
बुधबार स्थानीय स्तरमा छलफल राखेर समस्या समाधान गर्न खोज्दा युवकपक्ष र पीडित युवतीपक्षबीच झडप हुनखोजेपछि प्रहरीलाई खबर पुगेको र युवक नियन्त्रणमा परेका हुन् । जबर्जस्ती करणी गर्ने युवक खराब आचरणको रहेकाले थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ । उनलाई हाल इलाका प्रहरी कार्यालय हरिपुरमा अनुसन्धानका क्रममा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले जबर्जस्ती करणीको घटनाबारे अनुसन्धान भईरहेको बाहेक केही बताउन नमिल्ने बताए ।

No comments:

Post a Comment