भारतीय प्रहरीले गाडेको टेण्ड हट्यो
सर्लाही समाचारदाता
मलंगवा, माघ २७ । भारतीय प्रहरीले सर्लाहीको सीमा क्षेत्रमा गाडेको टेण्ड सुरक्षा निकायका प्रमुखहरुको अनुरोधमा सोमवारबाट हटाएको छ ।
नेपाल भारत सीमा क्षेत्रको सदरमुकाम मलंगवासँग जोडिएको दशगजा क्षेत्रमा टेण्ड गाडिएको भन्ने खवर पाउनासाथ त्यस क्षेत्रमा पुगेको सर्लाहीका सुरक्षा निकायका प्रमुखहरुको अनुरोधमा भारतीय प्रहरीले टेण्ड हटाएको हो ।
भारतसँग सीमा जोडिएको दशगजा क्षेत्रमा गाडिएको टेण्ड हटाउन प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरे, प्रहरी प्रमुख रबिन्द्र बहादुर धानुक, सशस्त्र प्रहरी नायव उपरिक्षक भरत बस्नेत लगायत सुरक्षा निकायका प्रतिनिधीहरु त्यहाँ पुगेका थिए ।
आफुहरुले त्यस क्षेत्रमा पुगेर भारतका एसएसवी सँग टेण्ड हटाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । अनुरोध पश्चात गाडिएको टेण्डहरु हटाउने काम भएको घिमिरेको भनाई छ । भारत तर्फ अहिले सडक निमार्ण भैरहेका कारण सीमा क्षेत्रमा टेण्ड गाडिएको भारती प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment