Monday, February 10, 2014

विद्यार्थीको स्वागत तथा बिदाई

विद्यार्थीको स्वागत तथा बिदाई
सर्लाही समाचारदाता
वयलवास, माघ २७  । ईश्वरपुरमा रहेको नारायण बहुमुखी क्याम्पसमा सोमवार स्नातक तह अध्ययन पुरागरेका विद्यार्थीहरुलाई बिदाई तथा प्रथम वर्षमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई कमिटीले एक कार्यक्रम गरी विद्यार्थीहरुलाई स्वागत तथा बिदाई गरेको हो । संघका क्षेत्रिय सचिव प्रकास मैनालीले सञ्चालन गरेका कार्यक्रममा ईकाई कमिटीका उपसभापती ममता दाहालको अध्यक्षता तथा नेपाली कांग्रेस १ नम्वर क्षेत्रिय सभापती प्रमोद बरालको प्रमुख आतिथ्यता रहेको थियोे ।
क्याम्पस प्रमुख खेमलाल श्रेष्ठ विशिष्ठ अतिथी रहेका कार्यक्रममा, नेपाली काँग्रेस ईश्वरपुर गाउँ सभापती बेचुप्रसाद तिमल्सिना, संघका क्षेत्रिय उपसभापती रन्जु देवकोटा, तरुण दलका क्षेत्रिय सभापती नेत्र कार्की, सरस्वती उमावी भक्तिपुरका प्रअ बिन्देश्वर सिंह, नारायण उमावीका प्रमुख विध्यानाथ झा लगायतले मन्तव्य राखेका  थिए । कार्यक्रममा जेहेन्दार, अनुसाशित, मधेशी र जनजाती गरी १९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

No comments:

Post a Comment