पशु चौपायामा कृत्रिम गर्भधान बढ्यो
सर्लाही समाचारदाता
मलंगवा, पुस २१ । पशु चौपायालाई कृत्रिम गर्भधान गराउने कार्यप्रति सर्लाहीका किसानहरुको पनि आकर्षण बढ्दै गएको छ ।
पछिल्लो समय पशु चौपायामा कृत्रिम गर्भधान गराउने किसानहरुको संख्या बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष (०७०÷०७१) को साउन देखी यता ४ हजार ५ सय भन्दा बढी कृषकहरुले आÇनो गाई भैँसीलाई कृत्रिम गर्भधान गराई सकेका कार्यालयका पशु सेवा प्राविधिक बरेलाल यादवले जानकारी दिए । उनका अनुसार जिल्लाको २५ स्थानमा रहेको कृत्रिम पशु प्रजनन केन्द्रमा कृत्रिम गर्भधान गर्ने किसानहरुको संख्या वर्षेनी बढ्दै गएको छ ।
पशु सेवा कार्यालयका अनुसार यस वर्ष हालसम्म जिल्लास्थित ५ ओटा सरकारी पशु प्रजनन केन्द्रमा १ हजार ३ सय ४४, सामुदायिक पशु प्रजनन केन्द्रमा १ हजार १ सय १७ र निजी पशु प्रजनन केन्द्रमा १ हजार ९ सय ७१ पशु चौपायाको कृत्रिम गर्भधान गरिसकिएको छ । पशु चौपायलाई कृत्रिम गर्भधान गराउँदा उन्नत नश्लको पशु चौपाय उत्पादन हुने, प्रजनन बाट सर्ने रोग हट्ने, दुध र मासुको आपूर्ति बढ्ने पशु स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
No comments:
Post a Comment