Friday, January 3, 2014

छुट्टाछुट्टै दुर्घटनामा चारजना घाईते

छुट्टाछुट्टै दुर्घटनामा चारजना घाईते
सर्लाही समाचारदाता
हरिवन, पुस १९ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत दुई छुट्टाछुट्टै स्थानमा भएका मोटरसाईकल दुर्घटनामा शुक्रबार चारजना घाईते भएका छन् ।
ढुङ्गे्रखोलाको मिलन चोक गाविस–१ स्थित पूर्व–पश्चिम राजमार्गमा दिउँसो साँढे २ बजे दुईवटा मोटरसाईकल एकआपसमा ठक्कर खाँदा दुईजना घाईते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आईरहेको बा. ५८ प ९३३६ नम्बरको मोटरसाईकलले दक्षिणतर्फको शाखाबाटोबाट पूर्व–पश्चिम राजमार्गमा निस्कदै गरेको अनटेष्ट मोटरसाईकललाई ठक्कर दिएको थियो ।
अनटेष्ट मोटरसाईकलमा सवार हरिवन गाविस–६ का मोटरसाईकल चालक १८ वर्षिय रामकृष्ण कटुवाल र पछाडी बस्ने १७ वर्षिय Çलेक्सन कटुवाल गम्भिर घाईते भएका छन् । उनीहरु दुवैजनालाई उपचारका लागी भरतपुर लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने मोटरसाईकलका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा दिउँसो सबा ३ बजे मोटरसाईकलले ठक्कर दिँदा दुईजना घाईते भएका छन् । पश्चिमबाट पूर्वतर्फ गईरहेको बा. ११ प २३११ नम्बरको मोटरसाईकलले लालबन्दी गाविस–५ स्थिती जनवादी चोकमा गुडिरहेको साईकललाई ठक्कर दिँदा साईकल यात्री भक्तिपुर गाविस–७ निवासी नन्दराज पोखरेल गम्भिर घाईते भएका छन् । साईकललाई ठक्कर दिने मोटरसाईकल चालक पनि सामान्य घाईते भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भनिएका पोखरेललाई स्थानीय मोडेल अस्पतालमा प्राथमिक उपचारपछि भरतपुरतर्फ पठाईएको र मोटरसाईकल चालकको मोडेलमै उपचार भएको प्रहरीले जनायो । ठक्कर दिने मोटरसाईकल इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ ।

No comments:

Post a Comment