Tuesday, January 14, 2014

छोरा नजन्माएको आरोपमा बुहारीलाई घर निकाला

छोरा नजन्माएको आरोपमा बुहारीलाई घर निकाला
सर्लाही समाचारदाता
हरिवन, पुस २२ । छोरा नजन्माएको र दाइजो नल्याएको आरोपमा हरिवन गाविस स्थित एक परिवारले बुहारीलाई ११ बर्षदेखि निरन्तर यातना दिने गरेको खुलासा भएको छ । पति र सासुको कुटाई सहन नसकेर गोठमा लुकेर बसेकी ती महिलाको सोमबार उद्धार गरिएपछि त्यस्तो खुलेको हो । हरिवन गाविस–२ की सुधा लुईटेललाई उनका पति र सासुले कुटपीट गरेका हुन् । आईतबार मरणासन्न हुनेगरी कुटपीट गरेपछि पशुचौपाया बाँध्ने गोठमा बोरा ओडेर लुकेकी सुधालाई सोमबार दिउँसो प्रहरी, माईतीपक्ष र स्थानीय गाउँलेले उद्धार गरेका थिए ।
सुधालाई उनका पति दिपक र सासु यशोदा सहित घरपरिवारका सदस्यले निरन्तर कुटपीट सहितको यातना दिने गरेको स्थानीय बासिन्दाले बताएका छन् । धनुषाको लालगढ माईती भएकी सुधाको ११ वर्षअघि दिपकसँग विवाह भएको हो । तीनवटा छोरीकी आमा सुधालाई छोरा नजन्माएको भन्दै पति दिपकले सम्बन्धविच्छेद गर्न दवाव दिने गरेको र कुटपीट सहित यातना समेत दिने गरेको प्रहरीले जनाएको छ । पीडित सुधाले मलाई आप्mनो भागमा आउने जमिन र सम्पति दिएर छुट्टयाईदिनु भन्दा
पति र सासु मिलेर यातना दिने गरेको स्थानीय गाउँलेहरुको भनाई उदृत गर्दै इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक शंकरसिंह रावलले बताए ।
पति र सासुले आईतबार कुटपीट गरेर घरनिकाला गरेपछि ३० वर्षिया सुधा गोठमा लुकेकी थिईन् । राती अवेरसम्म पनि सुधा घरमा नआएपछि पति दिपकले उनका माईतीपक्षलाई छोरी हराएको खबर गरेका थिए । छोरी हराएको भनेर खोज्न आएका माईतीपक्ष र स्थानीय बासिन्दा सहित प्रहरी टोलीले सुधालाई उद्धार गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
उद्धार लगतै सुधालाई उपचारका लागि स्थानीय नमूना अस्पतालमा राखिएको छ । हालसम्म पनि उपचार जारी रहेको प्रहरीले जनाएको छ । उपचारपछि सुधाको होस खुलेको छ । आइतबार बिहान पतिले कुटेर घरबाट निकालेपछि गोठमा लुक्न गएको उनले वताइन् । बिबाह गरेदेखिनै घरपरिवारवाट निरन्तर यातना पाएको उनले वताइन् । ‘सासु र पति भएर सुरुदेखिनै मलाई कुटपिट गर्ने गर्थे,’ उनले भनिन् ।
सुधाकी आमा शान्ता तिमल्सीनाले बिवाह गरेदेखिनै घरका सदस्यले छोरीलाई कुटपिट गरेर दुःख दिने गरेको बताए । मार्नेसम्मको प्रयास भयो, उनले भनिन, हामी नआएको भए गोठमै मर्नेथिइन् ।
इलाका प्रहरी कार्यालय हरिवनले सुधाका पति र सासुलाई पक्राउ गरेको छ । ससुरा भने फरार रहेको प्रहरीले जनायो । विशेषगरी सासु यशोदाले बुहारी सुधालाई यातना दिने गरेको र छोरा दिपकलाई पनि उक्साएर पिटाउन लगाउने गरेको स्थानीय गाउँलेहरुले बताएका छन् ।
विवाह भएको केही समयपछि नै सुधामाथि घरपरिवारले कुटपीट सहितको यातना दिने गरेको स्थानीय युवा राधाकृष्ण प्याकुरेलले बताए । “दैनिकजसो कुटपीट हुन्थ्यो ।” प्याकुरेलले भने–“उहाँले धेरै सहेर बस्नु भएको हो ।” स्थानीय बासिन्दाका अनुसार सुधामाथि कुटपीट भएको विषयमा यसअघि पनि ३ पटक गाउँमै छलफल गराएर मिलाईएको थियो ।
महिला हिंसाको बिरुद्ध दोषीलाई कारबाही माग गर्दै स्थानीले इलाका प्रहरी कार्यालय हरिवनमा नारावाजी गरेका छन् । ‘‘दोषिलाई छाड्न पाईंदैन’’ भन्ने नारा लगाउँदैं सयौं महिला जमाथ प्रहरी कार्यालय अघिल्तीर धर्नामा बसेका थिए । इलाका प्रहरीमा जम्मा भएका महिलाले दोषिमाथी कडा कारबाही हुनुपर्ने अडान राखेका थिए । ज्यान मार्ने प्रयास भएको भन्दै प्रशासनले कडा संजाय गर्नुपर्ने महिलाहरुले माग गरेका थिए । दोषिमाथी कडा कारबाही नभए नभए कडा आन्दोलनमा उत्रने महिलाहरुले चेतावनी दिएका छन् ।
धनुÈाको वेंगाडावर–८ की सुधास“ग दिपक लुईटेलले १० वर्È पहिले सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । छोरी जन्माएको र दाइजो नपुगेको भन्दै आफ्नी छोरीलाई विवाह गरेको बेलादेखि नै यातना दिने गरिएको सुधाकी आमा शान्ता तिमल्सीनाले बताइन् । पिडीतका ९ वर्È, ६ वर्ष र २ वर्षका तीन छोरी छन् ।
जिल्लाका विभिन्न स्थानमा छोरी जन्माएको र दाइजो नल्याएको निहुँमा महिलाहरु हिंसाका शिकार बनिरहेका छन् । केही महिनाअघि मात्र पनि अर्नाहा गाविसकी एक महिलाले छोरा नजन्माएको आरोपमा आफूलाई यातना सहित घर निकाला गरिएको भन्दै जिल्ला अदालतमा मुद्धा दायर गरेकी थिईन् । उक्त मुद्धा हाल जिल्ला अदालतमा विचाराधिन रहेको छ ।

No comments:

Post a Comment