Tuesday, January 14, 2014

ट्राफिक प्रमुखमाथि दुव्र्यवहार

ट्राफिक प्रमुखमाथि दुव्र्यवहार
सर्लाही समाचारदाता
लालबन्दी, पुस २१ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक कमल खत्रीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले आइतबार दुईजनालाई पक्राउ गरेको छ ।
लालबन्दी गाविस–३ का २९ वर्षिय दिपक लामा र २७ वर्षिय सुवास लामालाई इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुईजनालाई थप कार्वाही प्रकृयाका लागि ईलाका प्रहरी कार्यालय हरिपुरतर्फ पठाईएको छ ।
लालबन्दी चोक स्थित ट्राफिक बीट नजिक ट्राफिक प्रहरी निरीक्षक खत्रीलाई लामाद्वयले दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा हेल्मेट नलगाई मोटरसाईकल चलाईरहेको अवस्थामा रोकेर सम्झाउन खोज्दा लामाद्वयले दिउँसो साँढे ३ बजे तिर ट्राफिक प्रमुख खत्रीलाई दुव्र्यवहार गरेको प्रहरीले दावी ग¥यो । उनीहरुले ड्यूटी पोशाकमै रहेका ट्राफिक प्रमुख खत्रीलाई गाली गलौज गर्नुका साथै हातपातको समेत प्रयास गरेको बताईएको छ । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायव निरीक्षक दिपके केसी नेतृत्वको प्रहरी टोलीले ट्राफिक प्रमुख खत्रीलाई दुव्र्यवहार गर्दै गरेका लामाद्वयलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरु चढेको ना. २७ प ८३३७ नम्वरको मोटरसाईकल नियन्त्रणमा लिएको छ । लामाद्वयले मदिरा सेवन गरेर अपशब्दहरु बोलेको बताईएको छ ।

No comments:

Post a Comment