च्याउँ खेती तालिम
सर्लाही समाचारदाता
कलिन्जोर, माघ २५ । कालिन्जोरको घारिबथान–८ दोङ्खोरियामा च्याउँ खेती सम्वन्धी तालिम शुरुभएको छ ।
उद्यमशिल महिला सशक्तिकरण समुहको आयोजना तथा वागमती सेवा समाजको सहयोगमा तालिम सञ्चालन भएको हो । रामध्यान यादवले प्रशिक्षण दिएका तालिममा १९ जना महिला तथा पुरुषहरुको सहभागिता रहेको छ ।
सामुहिक रुपमा जिविकोपार्जन गर्न उदेश्यले तालिमको आयोजना गरिएको बाग्मती सेवा समाजकी सामाजिक परिचालिका बिन्दा लुङ््गेलीले जानकारी दिइन् । वडा नम्वर ८ मा सञ्चालन भएको तालिम शनिवार सकिने र आइतवारदेखि वडा नम्वर १ चौकीडाँडमा े तालिमको सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ ।
No comments:
Post a Comment