Monday, February 10, 2014

ईप्रकाको परिचयात्मक कार्यक्रम

ईप्रकाको परिचयात्मक कार्यक्रम
सर्लाही समाचारदाता
लालबन्दी, माघ २५ ।  ईलाका प्रहरी कार्यालय लालबन्दीमा आएका नयाँ प्रहरी निरीक्षक विष्णुप्रसाद सोतीलाई शनिवार स्वागत गरिएको छ । सो अवसरमा शनिवार सरोकारावालाहरु सँग परिचयात्मक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
लालबन्दीका प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापा मगरको काठमाण्डौ सरुवा भएपछि सोती काठमाण्डौ आयुक्तको कार्यालयबाट लालबन्दीमा आएको हुन् ।
स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बाबुकाजी प्रधान, नेपाली काँग्रेसका नेताहरु कुवेर आचार्य, अमिरी चौधरी, एमाले नेता लोकबहादुर कार्की, एकिकृत नेकपा माओवादीका नेता मनिष माझी लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक महेश थापाले शनिवार जिल्ला स्थित संचारकमीसंग परिचयात्मक कार्यक्रम गरेका छन् । कार्यक्रममा थापाले कार्य शिलशिलामा भएका गल्तीहरु औल्याइदिन संचारकर्मी संग आग्रह गरेका छन् ।
ईलाका प्रंहरी कार्यालय लालबन्दी, हरिवन र हरिपुरका प्रहरी निरीक्षकको एकै साथ सरुवा भएका थिए ।

No comments:

Post a Comment