Saturday, February 8, 2014

सर्लाहीलाई सफा राख्न सम्मेलन

सर्लाहीलाई सफा राख्न सम्मेलन



सर्लाहीलाई खुला दिशा मुक्त बनाउनका लागि शुक्रबार जिविस सभाहलमा आयोजित २ दिने जिल्ला सरसफाई सम्मेलनको पानसमा बत्ती बालेर उद्घाटन गर्दै प्रमुख अतिथी सभासद् शम्भु पासवान तथा साथमा कार्यक्रमका अतिथीहरु (बाँया) र कार्यक्रममा उपस्थित विभिन्न राजनैतिक दलका नेता, नागरिक समाजका प्रतिनीधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतितीधी लगायतको सरकारबाला सबै पक्षका प्रतिनिधीहरु । (दायाँ)
जिल्ला खानेपाली सरसफाई तथा स्वच्छता समन्वय समितिको अध्यक्ष एवं स्थानीय विकास अधिकारी उमेश बस्नेतको सभापतित्व रहेको उद्घाटन समारोहमा राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं सहरी विकास मन्त्रालयका सहसचिव अवध किशोर मिश्र,  प्रमखु जिल्ला अधिकारी दिनेश कुमार घिमिरे, राष्ट्रिय सरसफा तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं खानेपानी तथा ढल निकास विभाग अन्तर्गत वातावरणीय सरसफाई शाखाका प्रमुख रामचन्द्र साह, जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं डिभिजन खानेपानी तथा सरसफाई कार्यालयका निमित्त प्रमुख लिलानाथ झा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न राजनितीक दलका नेता, विभिन्न सकारी कार्यालयका प्रमुख, गैससका प्रतिनिधी, पत्रकार महासंघका अध्यक्ष रोशन न्यौपाने, गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कण लगायतले जिल्लालाई खुला दिशा मुक्त बनाउनका लागि आ–आफ्नो तर्फबाट धारणा राखेका थिए । सरसफाई सम्बन्धि विभिन्न विज्ञहरु समेत सहभागि सम्मेलनले जिल्लालाई  सन् २०१६ सम्ममा खुला दिशामुक्त बनाउनका लागि शनिबार घोषाणा पत्र समेत जारी गर्नेछ । डिभिजन खानेपानी तथा सरसफाई कार्यालय मलंगवाका इन्जीनियर शिवशंकर रौनियारले स्वागत गरेको कार्यक्रम जिविसका सुचना अधिककृत पुष्करमणी घिमिरेको संचालनमा भएको थियो ।

No comments:

Post a Comment