Monday, February 10, 2014

आईपिएमबाट खेती तालिम

आईपिएमबाट खेती तालिम
सर्लाही समाचारदाता
लालबन्दी, माघ २५ । छाहारी महिला कृषक समुह लालबन्दीको आयोजनामा १६ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न भएको छ ।
पाठशालामा सहभागी किसानहरुलाई बिना विषाधी खेतिपाती गर्ने तरिका, रोगकिरा नियन्त्रण गर्ने उपाय लगायतको बारेमा सिकाईएको थियो । तालिममा सहभागी एकसय ५० कृषकहरुले शिप सिकेर लाभान्वित भएका संस्थाले जनाएको छ ।
तलिममा सिकेका कुराहरु किसानहरुले व्यवहारमा उतार्ने आयोजकको विश्वास रहेको छ । सीताराम चालिसेले प्रशिक्षण दिएका पठशाला (तालिम)को समुहका सल्लाहकार टोपबहादुर श्रेष्ठको अध्यक्षता तथा मध्यमाञ्चल बाली संरक्षण अधिकृत डोमी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
तालिमको नवलपुर कृषि सेवा केन्द्रका जेटीय इन्द्रदेव यादवले निरीक्षण गरेका कार्यक्रम सञ्चालक एवं शिक्षक चेत बहादुर मगरले जानकारी दिए ।

No comments:

Post a Comment