सुविधाको पाँचौ साधारण सभा
सर्लाही समाचारदाता
मलंगवा, माघ २५ । सुविधा बचत तथा ऋण सहकारी संस्था लि.मलंगवाको पाँचौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हरिशंकर प्रसाद साहको अध्यक्षता तथा डिभिजन सहकारी कार्यालयका प्रमुख रामलक्षण रायको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा आर्थिक वर्ष ०७१÷०७२ को लागी अनुमानित ४३ लाख ५९ हजार आय र ४१ लाख ३६ हजार तीन सय ९६ रुपैयाँ व्यय प्रस्तुत गरिएको संस्थाका प्रंवन्धक दिपक अमात्यले बताए ।
संस्थाले हालसम्म चार करोड ४५ लाख कुल कारोवार गरेको समेत जानकारी गराईएको थियो । संस्थामा विभिन्न राजनीतिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment