दुधको मूल्य बढाउन माग
सर्लाही समाचारदाता
लालबन्दी, माघ २५ । जिल्लाका दुध उत्पादक किसानहरुले दुधको मुल्य बढाउन सरकार समक्ष माग गरेका छन् । शनिवार लालबन्दीमा भएको किसानका प्रतिनिधीहरुको भेलाले सरकारले दु्ध किसानहरुलाई दिँदै आएको मूल्य र सेवा सुविधा बढाउन माग गरेका हुन् ।
भेलामा सहभागी किसानहरुका प्रतिनिधीहरुले दुधको प्रतिफ्याटमा एक रुपैँया र प्रति एस एन एफमा ६० पैसा बढाउन माग गरेका छन् । त्यस्तै संस्था संचालन खर्च २१ प्रतिशतबाट बृद्धी गरी ३० प्रतिशत कायम गर्नुपर्ने, चिलिङ भार राखेका संस्थाहरुमा दिँदै आएको खर्च २३ प्रतिशत बाट ३५ प्रतिशत पु¥याउनु पर्ने र सरकारले दिँदै आएको सञ्चालन खर्च ५० पैँसा बाट बृद्धी गरि १ रुपैँया कायम गर्नुपर्ने माग गरिएको छ ।
कार्यक्रममा जिल्ला स्थित विभिन्न दुग्ध सहकारी संस्थाका प्रतिनिधी, गाईफार्मका सञ्चालक लगायतको सहभागिता रहेको थियो । जिल्ला दुग्ध उत्पादक सहकारी सघका जिल्ला अध्यक्ष पुण्यप्रसाद घिमिरेको अध्यक्षता तथा संघका पुर्व केन्द्रिय उपाध्यक्ष मोहन रायमाझीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।
No comments:
Post a Comment