Saturday, February 8, 2014

बलात्कार आरोपमा द्विविधा

बलात्कार आरोपमा द्विविधा
सर्लाही समाचारदादा
नारायणखोला, माघ २३ । पत्थरकोटकी एक युवतीमाथि बलात्कार भएको आरोबारे स्थानीय दुईपक्ष बीच द्विविधा उत्पन्न भएको छ ।
पत्थरकोटकी एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा नारायणखोला गाविसका एक युवक पक्राउ परेपनि पीडित र पीडकपक्षबीच भएको छलफल निक्र्यौलमा पुग्न नसक्दा विहिबार पनि उक्त विषय अन्यौलित रह्यो ।
दुईदिन अघि आफूलाई जबर्जस्ती करणी गरेको पीडित युवतीले बताएपछि नारायणखोला गाविस–७ बस्ने मञ्जित ब्लोनका छोरा २३ वर्षिय लुगु ब्लोनलाई अनुसन्धानका क्रममा बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । पत्थरकोट निवासी युवती कामको सिलसिलामा नारायणखोला गाविस स्थित माईस्थान पुगेपछि गत सोमबार ती युवकले कब्जामा लिई घरमा राखेर जबर्जस्ती करणी गरेको आरोप लगाईएको छ । मंगलबार विहान युवतीका दाजु तथा दिदीहरु खोज्दै जाँदा युवककै घरमा ती युवतीलाई फेला पारेको र युवतीले पनि जबर्जस्ती करणी भएको बताएकी थिईन् ।
बुधबार स्थानीय स्तरमा छलफल राखेर समस्या समाधान गर्न खोज्दा युवकपक्ष र पीडित युवतीपक्षबीच झडप हुनखोजेपछि प्रहरीलाई खबर पुगेको र युवक नियन्त्रणमा परेका हुन् । विहिबार इलाका प्रहरी कार्यालय हरिपुरमा छलफल हुँदा पिडक र पीडितपक्षबीच कुरा मिल्न सकेन । दुवैपक्षबीच कुरा मिल्न नसक्दा विहिबारसम्म पनि पिडक युवकविरुद्ध जाहेरी दर्ता हुन सकेको छैन । बुधबार मध्यराती पीडित युवती र पीडक युवकको स्वास्थ्य परिक्षण गरिएपनि पीडितको तर्फबाट जाहेरी नआएका कारण कार्वाही प्रकृया अगाडी बढाउन नसकिएको प्रहरीले जनाएको छ ।
जबर्जस्ती करणी गर्ने युवक खराब आचरणको रहेकाले थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ । उनलाई हाल इलाका प्रहरी कार्यालय हरिपुरमा अनुसन्धानका क्रममा राखिएको छ । पीडित युवतीको पक्षबाट क्षतिपूर्ति रकम लिने अथवा पीडक युवकलाई कार्वाही गर्नेबारेमा दोहोरो कुरा आएका कारण कार्वाही प्रकृया अगाडी बढाउन गाह्रो भएको प्रहरीले जनाएको छ । युवक र युवतीबीच सहमतिमै विवाह लगायत यौनसम्पर्क भएपनि पीडितपक्षबाट दोहोरो कुरा आएको र किटानी जाहेरी नआएका कारण कार्वाही प्रकृया अगाडी बढाउन अप्mठ्यारो भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment