पिस जोनको अभिभावक दिवस
सर्लाही समाचारदाता
नवलपुर, माघ २३ । पिस जोन एकेडेमी नवलपुरले विहिबार अभिभावक दिवस एवं पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
एकेडेमीका प्रिन्सिपल मेघराज कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ । २०६९ सालको परीक्षामा विद्यालय प्रथम हुने छात्रतर्फका अनमोल अधिकारी तथा छात्रातर्फ आकृत्ती पौडेल एवं विद्यालय द्वितिय हुने छात्र अनमोल थापा र छात्रातर्फ रिया भट्टराई सहित कक्षा प्रथम, द्वितिय र तृत्तिय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै विविध खेलकुदतर्फ पनि उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको प्रिन्सिपल कोइरालाले बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल खत्री, प्रहरी नायव निरीक्षक बेनप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष रोशन न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । एकेडेमीका विद्यार्थीहरुले नृत्य देखाएका थिए । कार्यक्रममा उपस्थित अभिभावक एवं दर्शकहरुलाई चियापान समेत गराइएको थियो ।
No comments:
Post a Comment