हरिवनमा नयाँ ‘इन्स्पेक्टर’
सर्लाही समाचारदाता
हरिवन, माघ २३ । इलाका प्रहरी कार्यालय हरिवनमा नयाँ प्रमुखको रुपमा प्रहरी निरीक्षक महेश थापा आएका छन् ।
प्रहरी निरीक्षक थापा विहिबार साँझ हरिवन आएका हुन् । इलाका प्रहरी कार्यालय हरिवनका तत्कालिन प्रमुख शंकरसिंह रावल विहिबार साँझ नै काठमाण्डौतर्फ लागेका छन् ।
गत माघ १० गते प्रहरी प्रधान कार्यालयले गरेको सरुवा अनुसार प्रहरी निरीक्षक थापा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान व्यूरोबाट इलाका प्रहरी कार्यालय हरिवनको प्रमुखको रुपमा आएका हुन् । तत्कालिन हरिवन प्रमुख सिंह भने महानगरिय प्रहरी आयुक्तको कार्यालय शान्ति सुरक्षा महाशाखामा सरुवा भएका छन् । विहिबार साँझ इलाका प्रहरी कार्यालय हरिवनले नयाँ आएका प्रमुख प्रहरी निरीक्षक थापाको स्वागत र सरुवा भएका तत्कालिन प्रमुख सिंहको विदाईमा कार्यक्रम समेत गरेको थियो । इलाका प्रहरी कार्यालय हरिवनको नयाँ प्रमुखको रुपमा आएका थापा शान्ति सुरक्षाको सवालमा केही कडा स्वभावको रुपमा रहेको बताईएको छ ।
No comments:
Post a Comment