Monday, February 10, 2014

उपचार गर्न आर्थिक अभाव

उपचार गर्न आर्थिक अभाव
–जनार्जन खत्री÷सर्लाही दैनिक
लालाबन्दी, माघ २६ । जिल्लाको विकट गाविस नारायणखोला–४ का २५ वर्षिय सोमलाल घिसिङ्को मुटुको भल्बले काम नगर्ने भएपछि उपचार खर्च जुटाउन समस्या भएको छ ।
लालबन्दी बजारमा ठेला चलाएर परिवारको साहारा बनेका घिसिङ् आफै बिरामी परेपछि अहिले परिवारजनमा रुवाबासी चलेको छ । आर्थिक अवस्था अत्यन्त दयनिय हुँदा उनको उपचार गर्न समस्या भएको छ । स्वास्थ्य परिक्षणको लागी काठमाण्डौमा रहेको एक अस्पतालमा उपचार गर्न पुग्दा उनको भल्बले काम नगरेको भन्ने खबर आएपछि परिवारजनमा अहिले रुवाबासी चलेको हो ।
गाउँमा सानो झुपडी बाहेक कुनै सम्पती नभएका घिसिङ्ले लालबन्दीमा ठेला चलाएर आफ्ना दुई छोरा र एक श्रीमती र बुवाको स्याहार गर्दै आएका थिए । लालबन्दीमा ठेला चलाएर छोराहरुलाई विद्यालय पढाएको भएपनि अहिले आर्थिक अभावमा गाउँमा लगेर राख्न बाध्य भएका छन् । आफ्नो जायजेथो बेच्दा ५० हजार पनि नआउने घिसिङ्लाई अस्पतालले यहि फागुन ५ गतेसम्म तीनलाख रुपैँया जम्मा गर्नुपर्ने बताएको छ ।
निकै विपन्न परिवारका घिसिङ्ले भल्बको उपचार गर्ने दिन नजिकि सकिएको भएपनि अहिलेसम्म आर्थिक सहयोग नजुटेकाले सबैलाई आर्थिक सहयोगको लागी आग्रह गर्नुभएको छ ।

No comments:

Post a Comment