Monday, February 10, 2014

जंगली जनावरको सिकार बढ्दै

जंगली जनावरको सिकार बढ्दै
सर्लाही समाचारदाता
हरिवन, माघ २६ । जिल्लाको उत्तरी चुरेक्षेत्र र पूर्व पश्चिम राजमार्ग आसपासमा रहेका वन क्षेत्रमा जंगली जनावरको सिकार बढ्दै गएको छ ।
हिउँद लागेयता चरण क्षेत्र र पानीको अभावमा जंगली जनावरहरु गाउँ क्षेत्रमा निस्कने गरेका कारण पासो थापेर मार्ने क्रम बढ्दै गएको हो ।
लोप हुने अवस्थामा पुगेका जंगली जनावरहरु जथाभावी मार्नेक्रम बढ्दा समेत नियन्त्रण तर्फ कसैले चासो नदिएको स्थानीयको आरोप छ । निकै कम मात्रामा पाईने खरायो, बँदेल, हरिण लगायत जनावरको सिकार बढ्दै गएको सर्लाही परवानीपुरका एक युवाले बताए ।
जंगलमा पाईने जनावरहरु चरिचरणको क्रममा गाउँ क्षेत्रमा जाने गरेका र विभिन्न व्यक्तिहरुले सामुहिक रुपमा पासो थापेर मार्नेक्रम बढेको स्थानीयको भनाई छ । जंगल क्षेत्रमा मानिसका समूह बनाएर जनावर मार्नेक्रम बढ्दै गएको छ । विशेष गरी सर्लाहीको विभिन्न विपन्न परिवारका मानिसहरुले जंगली जनावरको सिकार गरी सामुहिक रुपमा बाँडफाँड गरेर खाने गरेका छन् ।

No comments:

Post a Comment