नमस्ते सिमकार्ड सयमा
सर्लाही समाचारदाता
लालबन्दी, माघ २६ । लालबन्दीमा रहेको दुर सञ्चार शाखाले नमस्ते प्रिपेड सिमकार्ड एकसयमा बिक्री गर्न शुरु गरेको छ ।
नेपाल टेलिकमको दशौँ वार्षिक उत्सवको अवसरमा दुईसय पर्ने सिमकार्ड एकसय रुपैँयामा बिक्री गर्न शुरु गरिएको हो । लालबन्दी लगायत आसपासका सर्वसाधरणलाई लक्षित गर्दै बिहानैबाट सिम कार्ड वितरण गर्न शुरु गरिएको कार्यालयका प्राविधिक रामबाबु मुखियाले बताए । माघ मसान्तसम्म ग्राहकहरुलाई वार्षिक उत्सवको अवसरमा यो छुट प्रदान गरिने मुखियाको भनाई छ । नेपाल टेलिकमले गत माघ २३ गते मनाएको दशौँ वार्षिक उत्सवको अवसरमा ग्राहकहरुलाई विभिन्न छुट दिएको थियो ।
No comments:
Post a Comment