‘झोले’को बयान भएन
सर्लाही समाचारदाता
लालबन्दी, माघ २५ । गत आईतबारदेखि अनियमित आशंकित ‘झोले’ विद्यालयहरुमा बयान लिईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार भने बयानको काम गरेन ।
सार्वजनिक विदाको दिन भएकाले बयानको काम नगरिएको जिल्ला शिक्षा कार्यालय स्रोतले बतायो । आइतबारबाट भने त्यस्ता विद्यालयको कागजात संकलन र बयानको काम हुने बताईएको छ । आईतबार हरिपुर्वा स्रोत केन्द्र अन्तर्गतका विद्यालयहरुसँग बयानको काम हुने तय भएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले बताए ।
टोलीले यसअघि मदनपुर, गोडैता, मलंगवा, गडहिया डुमरिया, बरहथवा र भक्तिपुर स्रोत केन्द्र अन्तर्गतका केही विद्यालय झोले विद्यालय सँग बयान लिएको थियो । यस अघि मदनपुर, गोडैता, मलंगवा, गडहिया डुमहिया स्रोतकेन्द्र अन्तर्गतका विद्यालय सँग बयान लिइसकिएको छ ।
जिल्ला शिक्षा कार्यालयबाट अनुमती लिएर फर्जी कागजात बनाई सञ्चालनमा नरहेका झोले एवं सरकारी अनुदानमा अनियमितता गरेका विद्यालयका व्यवस्थापन समिति अध्यक्ष एवं प्रधानाध्यापकसँग आयोगका सह सचिव रामकृष्ण सुवेदी नेतृत्वको टोलीले कागजात संकलन एवं बयान लिने काम गरेको हो ।
No comments:
Post a Comment