Monday, February 10, 2014

सासापुरमा खानेपानी समस्या

सासापुरमा खानेपानी समस्या
–राकेशप्रसाद गुप्ता÷सर्लाही दैनिक
सासापुर, माघ २४ । सासापुुर गाविस–३ का बासिन्दाहरु खानेपानी समस्याबाट पीडित बनेका छन् ।
खानेपानीका स्रोतहरु क्रमशः सुक्दै गएपछि खानेपानीको समस्या विकराल बन्दै गएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । आधा किलोमिटर टाढासम्म पुगेर ७०–८० फिट गहिरो इनारबाट खानेपानी संकलन गर्नुपरिरहेको स्थानीय सुरेन्द्र महतोले बताए । चापाकल गाड्दा पानी नआउने भएकाले खानेपानीका लागि निकै गहिरो इनार बाहेक अन्य विकल्प नरहेको र इनारहरु पनि क्रमशः सुक्दै जान थालेको भन्दै स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।
डिप बोरिङ गरेर ट्यांकी निर्माण नगरेसम्म खानेपानीको समस्याको दिगो समाधान नहुने भन्दै राजनैतिक दल, गाविसको कार्यालय लगायत सरोकारवाला निकायहरुले उचित पहल नगरेको समेत उनीहरुको गुनासो छ । वर्षायाम सकिएर हिउँद सुरुभएसँगै हरेकवर्ष सासापुरमा खानेपानीको समस्या बढ्दै जाने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

No comments:

Post a Comment