Monday, February 10, 2014

सार्वजनिक शौचालय नहुँदा दुर्गन्ध

सार्वजनिक शौचालय नहुँदा दुर्गन्ध
सर्लाही समाचारदाता
हरिवन, माघ २५ । जिल्लाको मुख्य बजारहरुमा रहेका बसपार्क एवं स्टेसन्हरुमामा सार्वजनिक शौचालय नहुँदा दुर्गन्ध बढ्दै गएको छ ।
शौचालयको अभावमा यातायातका साधन पर्खेर बस्ने र यातायात साधनबाट झरेर बस पार्कमा बस्ने अधिकांश यात्रुहरुले नजिकै शौच गर्दा दुर्गन्ध बढ्दै गएको हो । यात्रुहरुले नजिकै शौच गर्दा बसपार्क एवं स्टेसन नजिक घर भएकाहरु निकै प्रभावित भएका छन् ।
जिल्लाकोे लालबन्दी, फुलजोर, नवलपुर, हरिवन, नयाँरोड, बहरथवा लगायत बसपार्क एवं स्टेसनमा सार्वजनिक शौचालयका अभाव भएको छ । यात्रुहरुले बसपार्क नजिकै खुल्ला स्थानमा शौच गर्दा व्यापार गर्न निकै समस्या भएको नयाँरोडका चटपटे व्यापारी सुरेश यादवले बताए । सार्वजनिक शौचालयको अभावमा यात्रुहरु बसपार्क नजिकै रहेको खुल्ला स्थानमा गएर शौच गर्न बाध्य भएका यादवको भनाई छ ।
बसपार्कमा सार्वजनिक शौचालय नहुँदा खुल्ला स्थानमा शौच गर्दा विभिन्न रोगका महामारी फैलन सक्ने चिकित्सकहरुको भनाई छ । सदरमुकाम मलंगवामा रहेको सार्वजनिक शौचालयमा दिशापिसाब नगरी खुल्ला स्थानमा शौच गर्दा दुर्गन्ध बढेको छ ।

No comments:

Post a Comment