Monday, February 10, 2014

माओवादीको गाउँ भेला

माओवादीको गाउँ भेला
सर्लाही समाचारदाता
हरिवन, माघ २७ । हरिवन–६ ताईवान टोलमा सोमवार नेकपा–माओवादीको गाउँ भेला सम्पन्न भएको छ ।
गाउँ कमिटी ईन्चार्ज भगवान मैनालीको अध्यक्षता तथा जिल्ला हेडक्वाटर सदस्य कुमार पौडेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । सभामा माओवादी स्थानिय नेताहरु पशुपती रिजाल, रीता मैनाली लगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी भेलाले पूनः भगवान मैनाली ईन्चार्ज रहेको ४१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । नवगठित कमिटीको सह–ईन्चार्जमा जोखबहादुर मोतmान, सेक्रटरीमा ओम राना मगर, सह–सेक्रेटरीमा शेख मन्सुर र पद्म सुनुवार लगायत अन्य सदस्य रहेका क्षेत्र नम्वर २ का सेक्रेटरी ज्ञान बहादुर स्याङ्ताङले जानकारी दिए ।

No comments:

Post a Comment