Monday, February 10, 2014

खतराजन्य पुलको यात्रा कहिलेसम्म ?

खतराजन्य पुलको यात्रा कहिलेसम्म ?


पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटको सिमा वागमती नदीमा रहेको पूल स्थित सर्लाहीतर्फ मुखमा ‘पुल कमजोर छ’ भनेर लेखिएको खतराको संकेत युक्त साइनबोर्ड । सर्लाही स्थित चापिनी, लखन्देही, लालबन्दी, कालिञ्जोर, फूलजोर खोलामा रहेका पूलहरु वर्षौंदेखि जीर्ण बनेपनि सम्बन्धित निकायले मर्मत संभार एवं नयाँ निर्माणतर्फ कुनै चासो देखाएको छैन । जसले गर्दा पूर्व–पश्चिम राजमार्गमा दैनिक गुड्ने सयौं सवारी साधन र त्यसमा यात्रा गर्ने हजारौं यात्रुहरुले जोखिम मोल्दै आएका छन् । (तस्वीर ः टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक)

No comments:

Post a Comment