Monday, February 10, 2014

विद्यार्थीद्वारा सडक सफाई

विद्यार्थीद्वारा सडक सफाई
सर्लाही समाचारदाता
हरिवन, माघ २६ । हरिवन–९ स्थित अर्किड ईन्टरनेशन बोर्डि· स्कुलका शिक्षक र विद्यार्थीहरुले आइतबार सडक सरसफाई गरेका छन् ।
विद्यालयको सोमबार हुन लागेको दशौँ वार्षिक उत्सवको अवसरमा आइतबार हरिवनको पश्चिम लच्कादेखि पूर्वमा ईलाका प्रहरी कार्यालयसम्म सरसफाई गरिएको हो । सरसफाईमा विद्यालयका कक्षा ७ देखि कक्षा ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यार्थी र शिक्षकहरुको सहभागितामा सडकमा रहेको प्लाष्टिक, कागज लगायत अन्य फोहोरहरु टिपेर जलाईएको प्रध्यानाध्यापक अर्जुन दाहालले जानकारी दिए । विद्यालयले वार्षिक उत्सवको अवसरमा शनिबार हरिवनको कृष्ण मन्दिर र पुरानो नमुना अस्पतालको भवन अगाडि जेब्रा क्रसिङ् संकेत निमार्ण गरेको थियो ।

No comments:

Post a Comment