बायोग्याँस तर्फ जोड
सर्लाही समाचारदाता
मलंगवा, माघ २६ । बायोग्याँस प्रवद्र्धन सम्बन्धी एकदिने गोष्ठी आइतबार मलंगवामा सम्पन्न भएको छ ।
बढ्दो लोडसेडि·लाई अन्त्य एवं वातावरण स्वच्छ राख्ने बैकल्पिक उर्जा मार्फत सहयोग पुग्ने कार्यक्रमका वक्ताहरुले जनाएका छन् । कार्यक्रममा जिल्ला उर्जा तथा वातावरण शाखाका इन्जिनियर सिंहले कार्यक्रमबारे प्रष्ट पार्दै उर्जा समबन्धि सरकारका निति नियमबारे प्रकाश पारेका थिए ।
कार्यक्रमको सभापतित्व गरेका नेपाली कांग्रेसका जिल्ला सभापति लक्ष्मण रायले बैकल्पिक उर्जा सम्बन्धि नेपाल सरकारको योजनाले भर्खरै सकिएको खुल्ला दिशा मुक्त क्षेत्रको सर्लाही घोषणा पत्र कार्यान्वयनका लागि सहयोग पुग्ने बताए । माघ–२३ देखि २९ सम्म मुलुकभर नविकरणीय उर्जा सप्ताह मनाइदै छ ।
No comments:
Post a Comment