Monday, February 10, 2014

सुपानेट झुल वितरण गर्न शुरु

सुपानेट झुल वितरण गर्न शुरु
–जनार्जन खत्री÷सर्लाही दैनिक
लालबन्दी, माघ २५ । मलेरिया रोगको उच्च जोखिम रहेको जिल्लाका उत्तरी क्षेत्रका चार गाविसमा सुपानेट झुल वितरण गर्ने काम शुरु भएकोे छ ।
मलेरियाको उच्च जोखिम रहेको परवानीपुर, पत्थरकोट, नारायणखोला र अत्रौली गाविसमा १८ हजार थान झुल वितरण गर्न लागिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयमा उपचार गर्न जाने मध्ये अधिकांश यस क्षेत्रका मलेरिया रोगीहरु भएकाले यि गाविसहरुलाई लक्षित गरेर झुल वितरण गरिएको स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ ।
ग्लोबल फण्डको सहयोगमा रोग नियन्त्रण महाशाखा, पिएसआई नेपाल मार्फत ग्रामीण विकास आधार नामक एक सस्थाले झुल वितरण कार्य शुरु गरेको छ । एउटा घरमा दुई जना बराबर एउटा झुल वितरण गर्न शुरु गरिएको  ग्रामीण विकास आधार संस्था जनकपुरका कार्यक्रम संयोजक ईन्दे्रस चौधरीले जानकारी दिए ।
संस्थाले शुक्रवार अत्रौली गाविसका झण्डै २५ सय भन्दा बढि थान झुल वितरण गरिसकेरे शनिवारदेखि परवानीपुर गाविसमा झुल वितरण शुरुगरेको हो । जिल्लाको परवानीपुर, पत्थरकोट, नारायणखोला र अत्रौली गाविसहरुमा मलेरियाको रोगीहरु बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यस अघिपनि जिल्लाको अन्य गाविसहरुमा सुपानेट झुल वितरण गरिएको थियो । नेपाल सरकारले सन् २०१३ मा मुलुकका १४ जिल्लामा मलेरिया रोग नियन्त्रण गर्ने उल्लेख छ ।

No comments:

Post a Comment