Saturday, February 8, 2014

परीक्षामा आर्थिक भार नपार्न आग्रह

परीक्षामा आर्थिक भार नपार्न आग्रह
सर्लाही समाचारदाता
नवलपुर, माघ २३ । आर्थिक भार पर्नेगरी एसएलसी पुरक परीक्षा       (टेष्ट) सञ्चालन नगर्न जिल्ला शिक्षा कार्यालय सर्लाहीले सबै विद्यालयलाई आगं्रह गरेको छ ।
आग्रहलाई अटेर गरी विद्यार्थीहरुलाई आर्थिक भार पर्नेगरी टेष्ट परीक्षा सञ्चालन गर्ने विद्यालयलाई कारवाही गरिने समेत कार्यालयले चेतावनी दिएकोे छ । आफुहरुले विद्यार्थीको उपलब्धी मापन गर्ने तवरले परीक्षा सञ्चालन गर्न सम्पूर्ण विद्यालयहरुलाई निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले बताए ।
विद्यार्थीहरुलाई उर्तिण अनुतिर्ण हुने गरी परीक्षा सञ्चालन गर्न नपाईने शिक्षा अधिकारी विश्वकर्माले जनाए  । विहिबारबाट जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा एसएलसी पुरक परीक्षा शुरु भएको छ ।

No comments:

Post a Comment