कृषि तथा उखु प्रदर्शनी मेला
सर्लाही समाचारदता
नवलपुर, माघ २६ । सर्लाहीमा पहिलो पटक कृषि तथा उखु प्रदर्शनी मेला हुने भएको छ ।
कृषि प्रवद्र्धन गर्ने उदेश्यले जिल्ला कृषि विकास कार्यालयले मेलाको आयोजना गर्न लागेको हो । फागुनको दोस्रो हप्ता सम्पूर्ण क्षेत्रका किसानहरुलाई पाएक पर्ने गरी नवलपुर बजारमा मेलाको आयोजना गरिएको कार्यालयमा प्रमुख युगलकिश्वर तिवारीले बताए । तीन दिन सम्म चल्ने मेलामा विभिन्न प्रजातीका बालीहरु, कृषि उपज बस्तु, आधुनिक कृृषि औजार, विभिन्न मेशिनरी सरसामान लगायत प्रदर्शनी गरिने तिवारीले बताए । मेलामा किसानहरुलाई सरसल्लाह दिनको लागी कृषि प्राविधिकहरु समेत बस्ने बताईएको छ ।
मेला आयोजना गर्नका लागी विभिन्न संघ संस्थाहरु सँग पनि समन्वय गर्ने प्रयास भैरहेको जिल्ला कृषि कार्यालयले जनाएको छ । जिल्लामा पहिलो पटक हुन लागेको यो मेलाबाट लाखौँ किसानहरु लाभान्वित हुने आयोजकले अपेक्षा गरेको छ ।
No comments:
Post a Comment