Monday, February 10, 2014

मलंगवा जेसिजको पदस्थापना

मलंगवा जेसिजको पदस्थापना
सर्लाही समाचारदाता
मलंगवा, माघ २६ । मलंगवा जेसिज र जुनियर जेसिजमा निर्वाचित पदाधिकारीको आइतबार पदस्थापना गरिएको छ ।
‘‘विधिका शासन, विश्व बन्धुत्व मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य हो ।’’ भन्ने मूल नाराका साथ शुरु भएको कार्यक्रममा मलंगवा जेसिज र जुनियर जेसिजको पदस्थापना एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
जेसी विकास कुमार अग्रवालको संयोजकत्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथी जेसी नागेन्द्र प्रसाद यादवले गरेका थिए । छनौट भएका पदाधिकारी (मलंगवा जेसिज) अध्यक्ष जेसी सुनिल कुमार गुप्ता, कार्यकारी उपाध्यक्ष द्वय जेसी विकास कुमार अग्रवाल जेसी कुमार रौनियार तथा उपाध्यक्ष जेसीहरु क्रमशः हरिशंकर प्रसाद रौनियार, रमेश यादव, पुष्प श्रेष्ठ र राजनहरि श्रेष्ठलाई पदस्थापना गरिएको थियो ।
त्यसैगरी अध्यक्षबाट मनोनित गरिएको जेसीहरु क्रमशः कानूनी सल्लाहकार शुवास कर्ण, महासचिव अन्वर हुसैन, कोषाध्यक्ष नविन ठाकुर, जनसम्पर्क अधिकारी भुपेश वर्मा, प्रकरण निर्देशक अरुण कुँवर, शाखा सम्पादक मुकेश मिश्र, तालिम निर्देशक जोगी राउत, कोष संकलन निर्देशक विजय यादव र जुनियर जेसी संयोजक सुवोधहरि शर्मालाई पदस्थापना गरिएको थियो ।
त्यस्तैगरी सोहि समारोहमा सन २०१४ को मलंगवा जुनियर जेसीजका पदाधिकारीलाई समेत पदस्थापना गरिएको हो । पदस्थापना गरिएका जुनियर जेसीहरु क्रमशः अध्यक्ष अनिश यादव, कार्यकारी उपाध्यक्षद्वय कुन्दन पटेल र नितेश राउत तथा उपाध्यक्षहरु क्रमशः धिरेश साह, शौरभ साह, राजाबाबु मिकरानी र भुषण यादव छन् । त्यस्तैगरी मनोनित जेसीहरुमा महासचिव राओस सहनी, सहसचिव अभिशेष यादव, कोषाध्यक्ष रवि राउत, सहकोषाध्यक्ष शिवम अग्रवाल, जनसम्पर्क अधिकारी प्रिन्स गुप्ता र कानूनी सल्लाहकार किरण रानाभाट रहेका छन् ।

No comments:

Post a Comment