Saturday, February 8, 2014

आज सरसफाई सम्मेलन

आज सरसफाई सम्मेलन
सर्लाही समाचारदाता
मलंगवा, माघ २३ । सर्लाहीलाई खुला दिशामुक्त जिल्ला बनाउने अभियान अन्तर्गत शुक्रबारबाट मलंगवामा दुईदिने जिल्ला सरसफाई सम्मेलन हुदैछ ।
सन् २०१६ सम्ममा जिल्लालाइ खुल्ला दिशामुक्त जिल्ला घोषाणा गर्ने लक्ष्य अनुरुप सम्मेलन गर्न लागिएको खानेपानी तथा सरसफाई समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । सम्मेलनमा सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाई विभाग लगायतबाट सरकारी अधिकारी, वातावरण विज्ञ, युनिसेफ लगायत अन्तराष्ट्रिय दातृ निकाय, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, गाविस सचिवहरु लगायत सरोकारवाला निकायका प्रतिनिधीहरुको सहभागिता रहनेछ ।
सम्मेलनले खुला दिशामुक्त क्षेत्र घोषणाका लागि घोषणा पत्र समेत सार्वजनिक गर्ने छ । सम्मेलनपछि त्यहाँबाट आएका सल्लाह सुझावलाई मध्यनजर गर्दै खुला दिशामुक्त क्षेत्र कार्यान्यवयनका लागि प्रभावकारी ढंगले आगाडी बढिने स्थानीय विकास अधिकारी बस्नेतले बताए ।

No comments:

Post a Comment