हरिपुरमा माओवादीको गाउँ कमिटी
सर्लाही समाचारदाता
नवलपुर, माघ २४ । शुक्रवार हरिपुरमा नेकपा–माओवादी (बैद्य) को भेलाले गाउँ कमिटी गठन गरेको छ ।
भेलाले पुर्णबहादुर घिसिङको नेतृत्वमा २१ सदस्यीय गाउँ कमिटी गठन गरिएको हो । नवगठित कमिटीको सह–ईन्चार्जमा नवलकिशोर सिंह, सेक्रेटरीमा नारायण श्रेष्ठ लगायत सदस्य रहेका छन् । जिल्ला हेडक्वाटर सदस्य कुमार पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
No comments:
Post a Comment