उद्योगीको लाईन काटियो
सर्लाही समाचारदाता
हरिवन, माघ २४ । नेपाल विद्युत प्राधिकरण लालबन्दी प्रशाखाले शुक्रवारे हरिवनका १० जना उद्योगीको लाईन काटेको छ ।
एक वर्ष देखि विद्युत महशुल नबुझाउने उद्योगीहरुको लाईन काटिएको प्रशाखा लालबन्दीका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए । प्राधिकरणका कर्मचारीहरुले रुट नम्वर १३ पर्ने उद्योगीको विद्युत लाईन काटेका हुन ।
प्राधिरकणले केहि दिन अघिबाट एक वर्षदेखि विद्युत महशुल नबुझाउने उद्योगीहरुको लाईन काटन शुरु गरेको हो । यो अभियान एक महिना सम्म सञ्चालन गरिने बताईएको छ । यसअघि बरहथवा फिडरका १५ उद्योगीको लाईन काटिएको थियो ।
वक्यौता नतिर्ने उपभोक्ताहरुको लाईन काट्नेक ामसँगै विद्युत सेवाको अनियमित कटौतीमा सुधार ल्याउनेतर्फ पनि प्राधिकरणले ध्यान दिनुपर्ने माग उठिरहेको छ । चुहावटका कारण आन्तरिक लोडसेडिङको मार खेप्दै आएका उपभोक्ताहरु विग्रेका कारण महिनौंदेखि ढल्केबर सबस्टेशन मर्मत संभार हुन नसक्दा थप विद्युत कटौतीले आजित बनिरहेका छन् ।
No comments:
Post a Comment